पीजे क्लवले सार्वजनिक गर्यो ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ नामक फोटोबुक

Advertisement

काठमाडौंः फोटो पत्रकार क्लब (पीजे क्लव) नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक गरेको छ । क्लबले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फोटोबुक विमोचन गरेको हो ।

फूलकुमारी महत्तो मेमोरियल ट्रष्टका उपाध्यक्ष डा. विरेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा फोटोबुक विमोचन गरेका हुन् ।

फोटो पत्रकार क्लबले आइएमइ–ग्लोबल आइएमइ बैंक, नेपाल फोटो कन्टेस्ट २०७३ मा गरेको फोटो प्रर्दशनीमा उत्कृष्ठ भएका फोटोहरुको संग्रह फोटोबुकको रुपमा प्रकाशन गरेको हो ।

व्यावसायिक फोटो पत्रकार, पत्रकार र शौखिन फोटोग्राफरले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए भने उत्कृष्ठ ७५ जनाको फोटोहरुलाई समाबेश गरि क्लबले फोटोबुक प्रकाशन गरेको हो ।

फोटोबुकमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखांची सिमेन्ट न्यूज, शिखर इन्स्योरेन्स नेपाल स्माइल, ग्लोबल मोडल स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा छानिएका तस्वीरहरु समावेश गरेको छ ।

Advertisement

Advertisement

Advertisement