योजना आयोगका नवनियुक्त पदाधिकारीले खाए सपथ

Advertisement

काठमाडौंः ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बुधबार बैंकको सञ्चालक समिति बैठकले उनलाई सिइओ नियुक्त गरेको हो ।

यसअघि उनले कार्यवाहक सिइओको रुपमा भूमिका निर्वाह गर्दै आएका थिए । यसअघिका सिइओ कृष्णबहादुर कुँवरले राजीनामा दिएपछि उनलाई कार्यवाहक सिइओको रुपमा जिम्मेवारी दिइएको थियो ।

ज्ञवालीले नेपाल राष्ट्र बैंकको सहायक निर्देशक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र एक कोरियन जलविद्युत कम्पनीमा समेत काम गरिसकेका छन् ।

चार्टर्ड एकाउन्टेण्ड (सीए) ज्ञवाली सरकारी कम्पनी नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा सञ्चालक पनि छन् ।

Advertisement

Advertisement

Advertisement