माछापुच्छ्रे बैंकले अमेरिकाबाट रेमिट्यान्स भित्र्याउने

Advertisement

काठमाडौंः माछापुच्छ्रे बैंक र अमेरिकाको न्यूयोर्कस्थित वाल स्ट्रिट फाइनान्स एलएलसीबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंक कायममुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र वालस्ट्रिट फाइनान्सका डाइरेक्टर अफ कम्प्लाइन्स कालिआना लक्ष्मानानले हस्ताक्षर गरे ।

यो सम्झौतासँगै अमेरिकास्थित नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र अमेरिकाबाट वालस्ट्रिट फाइनान्समार्फत पठाएको रकम माछापुच्छ«े बैंकका सबै शाखाहरुमार्फत सहजै भुक्तानी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बंैकले ६२ वटा शाखा, चार वटा एक्स्टेन्सन काउन्टर, १८ शाखारहित बंैकिङ सेवा समेत गरी जम्मा ८४ स्थानबाट सेवा दिँदै आएको छ ।साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement