साँफेबगर विमानस्थलको पुनर्निर्माण तीव्ररुपमा

Advertisement

अछामः साँफेबगर विमानस्थलको धावन मार्ग कालोपत्रेको काम तीव्ररुपमा सुरु भएको छ । चैत नौ गतेसम्ममा काम सकाइसक्नुपर्ने भएपनि बिभिन्न कारणले निर्माणमा ढिलो भएको हो । एक वर्षभित्र सकाउने गरी निर्माणको जिम्मेवारी अमर कन्ट्रक्सनले लिएको थियो ।

काम सक्न ढिलो भएपछि तीन महिना समय थपिएको छ । अब एक महिनाभित्र काम सकाउने ठेकेदारले कम्पनिले जनाएको छ । निर्माणधिन साँफेबगर विमानस्थल सञ्चालनका लागि सरकारले ११ करोड १७ लाख रुापयाँ बजेट विनियोजन गरेको थियो ।

विमानस्थल संचालन नहुँदा हालसम्म थुप्रै गर्भवती महिला तथा अन्य बिरामीले समयमै उपचारका लागि बाहिर जिल्लामा लैजान नसक्दा ज्यान गुमाउनु परेको थियो ।

Advertisement

Advertisement

Advertisement