दिव्यमध्यवर्ती वनमा पर्यटकका लागी जिप सफारी सुरु

Advertisement

नवलपरासीः नवलपरासीको पर्यटकीय क्षेत्र दिव्यमध्यवर्ती सामुदायिक वनमा पहिलो पटक पर्यटकका लागि जिप सफारी सुरु गरिएको छ । दिव्यमध्यवर्ती वन र नारायणी मध्यवर्ती सामुदायिक वनलाई जोड्ने गरी जिप सफारी सञ्चालन गरिएको हो ।

त्यहाँ अहिले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, सिशवार मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत पर्ने स्थानमा पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ ।

तराई भू-परिधितालको आर्थिक सहयोग र शिसवार मध्यवर्ती उपभोक्ता समितिको संयोजनमा उक्त बाटो निर्माण गरी जिप सफारी थालिएको अध्यक्ष देविलाल देवकोटाले
बताए ।

लगभग दुई घण्टासम्मको सफारीका लागि प्रतिव्यक्ति दुई सय रुपियाँ शुल्क निर्धारण गरिएको समेत जानकारी छ । दिव्यमध्यवर्ती वनबाट दुर्लभ एक सिंगे गैडा, हरिण, मृग लगायतका जनावर देख्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement