सिनर्जी फाइनान्सको मुनाफामा गिरावट

Advertisement

काठमाडौंः सिनर्जी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा गत वर्षको तुलनाभन्दा ८८ प्रतिशतले घटेर दुई करोड ५७ लाख रुपियाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा फाइनान्सले मुनाफा २१ करोड ७० लाख रुपियाँ कमाएको थियो ।

खुद व्याज आम्दानीमा १० प्रतिशतले बढेर सात करोड २७ लाख रुपियाँ पुगेको छ भने संचालन मुनाफातर्फ २० करोड तीन लाख रुपियाँ नोक्सानमा भएको छ ।

फाइनान्सको निष्कृय कर्जा २३ दशमलव ४० प्रतिशत, पुँजीकोष अनुपात १३ दशमलव २४ प्रतिशत, प्रतिशेयर आम्दानी चार
दशमलव ६७ रुपियाँ, मुल्य आम्दानीको अनुपातमा ३३ दशमलव २० गुणा र प्रतिशेयर नेटवर्थ ६० दशमलव ७९ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement