रुरल माइक्रोफाइनान्सको मुनाफामा २६ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौंः रुरल डेभलपमेन्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड छ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । गत वर्षको तुलनामा यो वर्ष २६ दशमलव १४ प्रतिशतले बढेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १४ करोड ३२ लाख रुपियाँ नाफा गरेको थियो ।

माइक्रोफाइनान्सले ७२ करोड ६७ लाख रुपियाँ चुक्ता पूँजीको जगेडकोषमा एक अर्ब ३५ करोड ६९ लाख रुपियाँ जम्मा गरेको छ । कर्जामा १२ दशमलव २२ प्रतिशतले वृद्धि गरी छ अर्ब ४० करोड ७७ लाख रुपियाँ लगानी गरेको छ ।

माइक्रोफाइनान्सको खुद व्याज आम्दानीमा २३ दशमलव ४० प्रतिशतले बढेर २९ करोड दुई लाख रुपियाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा २५ दशमलव ७७ प्रतिशतले वृद्धि गरी २८ करोड ३८ लाख रुपियाँ पुर्याएको छ ।

Advertisement

Advertisement

Advertisement