टुरिजम बैंकको नाफा २९ प्रतिशतले बढेर ५० करोड ५३ लाख पुग्यो

Advertisement

काठमाडौंः टुजिम् डेभलपमेन्ट बैंकले तेस्रो त्रैमाससम्ममा खुद मुनाफा २१ करोड २४ लाख रुपियाँ आर्जन गरेको छ । गएको वर्षको तुलनामा पाँच दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोहि अवधिमा मुनाफा २० करोड ९ लाख रुपियाँ मुनाफा संकलन गरेको थियो ।

बैंकको खुद व्याज आम्दानीमा २९ प्रतिशतले बढेर ५० करोड ५३ लाख रुपियाँ पुगेको छ । साथै सञ्चालन मुनाफामा दुई दशमलव शुन्य दुई प्रतिशतले बढेर ३० करोड २६ लाख रुपियाँ पुगेको छ ।

बैंकमा निष्कृय कर्जा एक दशमलव ४० प्रतिशत, पुँजीकोषको अनुपात २० दशमलव ६४ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १४ दशमलव ०९ रुपियाँ, मुल्य आम्दानीको अनुपात ३० दशमलव ३१ गुणा र प्रतिशेयर नेटवर्थ एक सय ३७ रुपियाँ रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement