त्रिभुवन विमानस्थलबाट नयाँ उडान अनुमति नदिइने

Advertisement

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ एयरलाइन्स कम्पनीहरुलाई विमान उडानको अनुमति नदिइने भएको छ । विमानस्थलमा बढिरहेको एयर जामलाई नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नयाँ एयरलाइन्सलाई उडानको अनुमति नदिन निर्देशन दिएका हुन् ।

साथै, विमानस्थलबाट उडान भर्दै आएका पुराना एयरलाइन्सलाई उडानका लागि नयाँ जहाजलाई अनुमति नदिइने भएको छ । विमानस्थलमा भइरहेको एयर ट्राफिक जामलाई कम गर्ने नयाँ योजना अनुसार जाम घटाउनलाई आन्तरिक उडानका केही जहाजको दैनिक उडानलाई घटाउनलाई पनि निर्देशन दिएका छन् ।

आन्तरिक उडानका जहाजलाई घटाएर अनतर्राष्ट्रिय जहाजलाई आकाशमा होल्ड गर्ने अवस्थालाई कम गर्ने सरकारी योजनामा सरकार रहेको छ । मन्त्री अधिकारीले एक सय दिनको कार्यक्रम सार्वजनिक गरेको महिना दिनमा यस्तो निर्देशन दिएका हुन् ।

विमानस्थलबाट हुँदै आएको आन्तरिक उडानका लागि अर्को विमानस्थल निर्माण गर्नलाई सम्भावित स्थानको खोजी १४ दिनमा सक्न पनि मन्त्री अधिकारीले प्राधिकरणलाई निर्देशन दिएका छन् । उनले नेपाल वायुसेवा निगमलाई पाइलटको व्यवस्था गर्दै सबै विमानलाई नियमित उडान गराउन भनेका छन् ।

Advertisement

Advertisement

Advertisement