कृषि विकास बैंकको नाफा १३ दशमलव ५६ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौंः कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एक अर्ब ७८ करोड ८३ लाख रुपियाँ मुनाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको तुलनाभन्दा १३ दशमलव ५६ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोहि अवधिमा बैंकले एक अर्ब ५७ करोड ४८ लाख रुपियाँ मुनाफा कमाएको थियो । बैंकले निक्षेपतर्फ ९७ अर्ब १० करोड ५६ लाख रुपियाँ संकलन गर्दै ९४ अर्ब ८९ करोड ७१ लाख रुपियाँ कर्जामा लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानीमा १६ दशमलव ३८ प्रतिशतले घटेर चार अर्ब ३० करोड ७४ लाख रुपियाँ भएको छ । तर, संचालन मुनाफामा भने ६४ प्रतिशतले घटेर ६४ करोड ७३ लाख रुपियाँ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement