कामना विकासको मुनाफा साढे २२ करोड

Advertisement

काठमाडौंः कामना विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५७ दशमलव ६२ प्रतिशतले वृद्धि गरी २२ करोड ८१ लाख रपियाँ नाफा कमाएको छ । बैंकले गत वर्षको सोहि अवधिमा १४ करोड ४७ लाख रुपियाँ नाफा कमाएको थियो ।

बैंकको खुद व्याज आम्दानी ४९ करोड २१ लाख रुापयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा तर्फ ३३ करोड ८६ लाख रुपियाँ पुगेको छ ।

उक्त बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९३ प्रतिशत, पुँजीकोषको अनुपात २३ दशमलव ९९ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १४ दशमलव ७५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ८३ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ५१ दशमलव ३८ रुपियाँ र तरलता अनुपात २८ दशमलव ६३ प्रतिशत रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement