देवः विकास बैंकको नाफा २० करोड २३ लाख

Deva_bikash_bank

काठमाडौंः देवः विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड २३ लाख रुपियाँ मुनाफा कमाएको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा एक दशमलव ६६ प्रतिशतले नाफामा वेद्दि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १९ करोड ९० लाख रुपियाँ कमाएको थियो ।

एक अर्ब ६३ करोड ३२ लाख रुपियाँ चुक्ता पूँजी भएको देव विकासले जगेडा कोषमा ६६ करोड २५ लाख रुपियाँ छुट्याएको छ । यस्तै बैंकको निक्षेपमा १३ अर्ब ९५ करोड २१ लाख रुपियाँ लगानी रहेको छ । खुद व्याज आम्दानीमा २१ दशमलव ४१ प्रतिशतले र संचालन मुनाफामा एक दशलव ५९ प्रतिशतले वृद्दि भएको छ ।

बैंकको जोखिम युक्त सम्पति १५ दशमलव ०५ प्रतिशत र निष्क्रिय कर्जा तीन दशमलव ०१ प्रतिशत रहेको छ ।