हाइड्रोपावरको विदेशी ठेकेदारको एजेन्टलाई गैरकानुनी ढंगले योजना आयोगको सदस्य नियुक्त

Sushil-Bhatta_npc

काठमाडौंः केपी ओली नेतृत्वको सरकारले थुप्रै जलविद्युत कम्पनीका विदेशी ठेकेदारको नेपाली एजेन्ट भएर काम गर्दै आएका सुशील भट्टलाई राष्ट्रिय योजना आयोग जस्तो संवेदनशील पदमा गैरकानुनी ढंगले नियुक्त गरेको छ ।

आर्थिक ऐन तथा सुशासन ऐनविपरित स्वार्थ बाझिनेगरी कुनै पनि राजनीतिक नियुक्ति गर्न नपाइने व्यवस्था हुँदाहुँदै ओली सरकारले भट्टलाई आयोगको सदस्य नियुक्त गरेको हो । नेपाल व्यवस्थापन संघमा ठूलो लगानी गरेर त्यसको अध्यक्ष पद हासिल गरेका उनी निर्णायक तहमा नियुक्त गरिएको हो ।

united_cement

चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)लाई बुढीगण्डकी जलविद्युत आयोजना विना प्रतिस्पर्धा दिलाउन निकै लागिपरेका उनी निम्न कम्पनीको एजेण्ड भएर काम गर्दै आएका छन् ।

१) काबेली करिडोर प्रसारणलाइन निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ज्यागर एण्ड अस्टर
२) चमेलिया र त्रिशुली ३ए निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीजीजीसी
३) ढल्केबर सबस्टेशन निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सेन्ट्रल पावर ग्रीड चाइना (सीपीजीसी)
४) हेटौंडा–नारायणगढ २२० केभी प्रसारणलाइनको जिम्मा पाएको भारतीय कम्पनी एमकम
५) जलाशययुक्त दुधकोशी निर्माणको जिम्मा पाएको अमेरिकी परामर्शदाता कम्पनी
६) तामाकोशी–बाह्रबिसे–काठमाडौं प्रसारणलाइनको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी

भट्ट आर्थिक क्षेत्रमा योगदान गरेको वा विज्ञ व्यक्ति पनि होइनन् । कुमारी बैंकका कर्मचारी रहेका उनी आफ्ना भाई दीपक भट्टका सहयोगी हुन । दुवै एमालेमा वामदेव गौतमका व्यक्ति हुन ।