स्तरीय सेवा दिनेगरी योजना बनाउन टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले नेपाल टेलिकमलाई सेवा सुधार गर्न र व्यवसायिक ढंगले अघि बढन निर्देशन दिएका छन् । सिंहदरबारमा टेलिकमको प्रगति विवरण सुनेपछि ओलीले यस्तो निर्देशन दिएका हुन् ।

उनले टेलिकमभित्र मुसा वा मुसा प्रवृतिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद हो भन्दै यस्ता प्रवृतिहरु अन्त्य भएर जनताले स्तरीय सेवा पाउनुपर्ने बताए ।

टेलिकमका प्राविधिक शाखाहरुमा २४ सै घण्टा निरन्तर चुस्त सेवा िदिन कर्मचारी क्रियाशील हुनुपर्ने भन्दै ओलीले टेलिकमले नाफाका लागि मात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएकोले जनतालाई सञ्चार, शिक्षा, सुचना आदिको सहजताका लागि कम्पनीले काम गर्नुपर्ने बताए ।

उनले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको काम प्रति असन्तुष्टि जनाउँदै यो छिटो र प्रभावकारी हुन नसकेको बताए । टेलिकम प्रतिस्पर्धामा पछाडि पर्ने लक्षणहरु देखिएको भन्दै चाँडै सेवामा सुधार गरेर अगाडि बढन सल्लाह दिए ।

टेलिकमको सेवा विश्वासिलो हुनुपर्ने भन्दै त्यो खालको सेवा दिने योजना बनाउन सल्लाह दिए । सुविधा मात्रै लिने, काम नगर्ने प्रवृत्ति हटाउन र अनियमितता नगर्न सल्लाह दिँदै ओलीले वर्तमान सरकार भ्रष्टाचार निर्मूल पार्ने अभियानमा रहेकोले साथ दिन आग्रह गरे ।

छलफलमा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटा, नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी लगायत सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement