विश्व शिक्षक महासंघको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने, १५० देशका शिक्षक आउने

Advertisement

काठमाडौंः विश्व शिक्षक महासंघको १९औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन आगामी असोज ६ र ७ गते काठमाडौंमा हुने जनाइएको छ ।

नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा १५० बढी देशका दुईसय बढी शिक्षक प्रतिनिधिहरु सहभागिता हुनेछन । शुक्रवार पत्रकार सम्मेलन गरेर महासंघले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्ने तय भएको जनाएको हो ।

महासंघकी अध्यक्ष मफुजा खानामले १९औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना गर्ने स्पष्ट पारिन उनले शिक्षाको विकास, सार्वजनिक शिक्षाको गुणस्तर सुधार र समावेशी शिक्षाका पक्षमा महत्वपूर्ण रहने भन्दै सम्मेलन सफल हुने आशा व्यक्त गरिन ।

महासंघका महासचिव अमिया कुमार मोहन्तीले विश्वभरका शिक्षकहरु नेपालमा आएर शैक्षिक बहस गर्नु नेपालका लागि अवसर भएको बताए । नेपाललाई अन्य देशका राम्रा अभ्यासहरु सिक्ने र समाजवादी शिक्षा विकास गर्ने मौका मिल्ने समेत उनको भनाई थियो ।

नेपालको तर्फबाट महासंघमा आवद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारले विश्वमा नवउदारवादीहरुले शिक्षा, शिक्षक र ट्रेड युनियनमा हमला गर्दै निजीकरण स्थापित गर्न खोजिरहेको अवस्थामा विश्व शिक्षक महासंघले त्यस हमलाको संयुक्त रुपमा प्रतिरोध गर्ने निर्णय गरेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement