मेगाको नौ महिनाको नाफा ५२ करोड ४९ लाख, टुरिजमसँग मर्जरपछि सुचकहरु अझै राम्रोः खुन्जेली

Advertisement

काठमाडौंः मेगा बैंकले चालु आर्थिक बर्षको नौ महिनामा ५२ करोड ४९ लाख रुपियाँ नाफा आर्जन गरेको छ । बैंकले पहिलो त्रैमासमा आठ करोड ११ लाख कमाएकोमा दोस्रो त्रैमासमा ३९ करोड ३६ लाख रुपियाँ कमाएको थियो ।

टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैंकको नौ महिनाको सञ्चालन मुनाफा एक अर्ब चार करोड रुपियाँ रहेको छ । बैंकले नौ महिनामा सञ्चालन मुनाफामा ५२ दशमलव ९७ प्रतिशत वृद्धि गरेको हो ।

बैंकले टुरिजमसँग मर्जर भएपछि वित्तीय आकार र सूचकहरु पनि थप सुदृढ हुने भन्दै मर्जरका लागि कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंकबाट त्यसको लागि अन्तिम स्वीकृति प्राप्त भइसकेको जानकारी दिएको छ । यथासिघ्र एकीकृत कारोबार गरिने मेगाले जानकारी दिएको छ ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुन्जेलीले टुरिजमसँग मर्जर भएपछि मेगा बैंक पुँजीका आधारमा नेपालकै ठूलो बाणिज्य बैंक मध्येको एक बन्ने छ भन्दै बैंकको नेटवर्क र व्यापार पनि बढ्ने बताएकी छन् ।

उनी भन्छिन, ‘हाम्रो पहिलो प्राथमिकता मर्जर नै हो । संयुक्त कारोबारमा केही ढिलाई नभएको भए बैंकको नाफा तथा अन्य सूचकांकमा अझ सकारात्मक प्रभाव पर्ने थियो, अब मर्जरपछि बैंकले नयाँ गति पाउने छ ।’

Advertisement

Advertisement

Advertisement