पन्द्र देशका मन्त्रीहरु सहभागी महत्वपूर्ण बौद्ध सम्मेलनमा ओली अनुपस्थित

Advertisement

बुटवलः पन्द्र देशका संस्कृति तथा धार्मिक मामिला मन्त्री र २२ वटा देशका विभिन्न तहका बुद्धिस्ट अगुवाहरुको सहभागिता रहेको महत्वपूर्ण अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री अन्तिम समयमा अनुपस्थित भएका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शनिबारदेखि शुरु भएको छ । कार्यक्रमको उदघाटन प्रधानमन्त्री ओलीले गर्ने भनेर आवश्यक तयारी गरिए पनि अन्तिम समयमा उनी नआउने बताएपछि पर्यटनमन्त्री रविन्द्र अधिकारीले सम्मेलन उदघाटन गरेका थिए ।

‘लुम्विनी, नेपाल भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तिको मुहान’ नारासहित सुरु भएको दुई दिने सम्मेलनमा नेपाल र विदेशका बौद्ध धर्म, बौद्ध दर्शन, संस्कृति तथा सम्पदासम्बन्धी प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताहरुबाट विभिन्न १३ शीर्षकमा ३५ बढी कार्यपत्र प्रस्ततु गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनले ‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उदगम भूमि तथा विश्व शान्तिको मुहान’नारालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने, वृहत्तर लुम्बिनी विकास क्षेत्रलाई अन्तराष्ट्रिय बौद्ध हवका रूपमा विकास गर्ने तथा दिगो विकासका लागि प्रबद्र्धन गर्ने, लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रको रूपमा विकास गर्ने र नेपालको संस्कृति, सम्पदा, तथा धार्मिक पर्यटनको विस्तार र प्रबद्र्धन गर्ने उद्देश्य लिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए ।

Advertisement

Advertisement

Advertisement