अलैंचीको बिरुवा बिक्री नहुँदा लमजुङका किसान चिन्तित्

Advertisement

लमजुङः जिल्लामा उत्पादित अलैंचीका बिरुवा बिक्री नहुँदा किसान चिन्तित भएका छन्। मस्र्याङ्दी गाउँपालिका–७, ताराचोक, सेराका किसानले खाद्यबाली मासेर नगदेबालीको रुपमा अलैंचीका बिरुवा उत्पादन गर्दै आएका छन् ।

अहिले करिब २० लाख बिरुवा हुर्किएको सो ठाउँमा ४५ लाख रुपियाँभन्दा बढीको लगानी भएको जनाएको छ । उत्पादन गरिएको अलैंचीको बिरुवा बिक्री नहुँदा किसान निरास बनेका हुन्।

धेरै खर्च गरेर उत्पादन गरिएका बिरुवा बिक्री नभएपछि आफूहरु मारमा परेको किसनहरु बताउँछन् । बिरुवा बिक्रीका लागि सरकारले नै पहल गरिदिनुपर्ने किसान सोमबहादुर तामाङले बताए ।

माग कम तर उत्पादन धेरै भएकाले बिरुवा बिक्रीमा समस्या भएको नेपाल अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

Advertisement

Advertisement

Advertisement