पूर्वाधार विकास बैंकका लागि सिइओको खोजी हुँदै

Advertisement

काठमाडौंः पूर्वाधार विकास बैंक लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया अघि बढाइएको छ । यसको मुख्य प्रवद्र्धक इमर्जिङ नेपालले सिइओ नियुक्तिका लागि सूचना जारी गर्ने तयारी गरेको हो ।

इमर्जिङ नेपालका सिइओ विनोद आत्रेयका अनुसार वाणिज्य बैंकभन्दा पूर्वाधार विकास बैंकको सञ्चालित फरक हुने भएकोले फरक मापदण्ड तोकेर सूचना जारी गर्ने तयारी गरिएको छ । पूर्वाधार विकास बैंकको सिइओको योग्यता र मापदण्ड तय गर्ने काम भइरहेको र केही दिनमा सूचना जारी गरिने आत्रेयले जानकारी दिएका छन् ।

पूर्वाधार विकास बैंकका लागि आवश्यक पुँजी संकलन भइसकेकोले अब चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यसमा विभिन्न वाणिज्य बैंकले चार अर्ब ४० करोड रुपियाँ जम्मा गरिसेकेको छन् इमर्जिङ नेपालले संस्थापकतर्फको बुझाउनु पर्ने १२ अर्ब रुपियाँमध्ये पाँच प्रतिशत यसअघि बुझाइसकेको छ ।

नेपाल राष्ट्र बैंकले ४५ प्रतिशत रकम जम्मा गर्न करिव एक महिना अघि नै यस बैंकको व्यवस्थापनलाई पत्र लेखेको थियो । चुक्ता पुँजी पुगेपछि बल्ल राष्ट्र राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिनेछ । बैंकले संस्थापकहरुबाट जुटाउनुपर्ने ६० प्रतिशतमध्ये ४५ प्रतिशत रकम संकलन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

तोकिएको पुँजी पुर्याएसँगै पूर्वाधार विकास बैंकले बैंक सञ्चालनका लागि आवश्यक अन्ये पूर्वाधार तयार गर्नुपर्नेछ । त्यसपछि मात्रै बैंक सञ्चालनका लागि राष्ट्र बैंकसँग आग्रह गर्नुपर्ने हुन्छ । पूर्वाधार तयार भएपछि छ महिनाभित्र राष्ट्र बैंकले सञ्चालनको अनुमति दिनसक्छ ।

ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले २० अर्ब रुपियाँ चुक्ता पुँजी भएको देशकै ठूलो बैंक स्थापनाका लागि प्रक्रिया अघि बढाइएको हो । सार्वजनिक निजी–साझेदारी मोडलमा स्थापना हुन लागेको यस बैंकमा सरकारको १० प्रतिशत लगानी रहनेछ ।

Advertisement

Advertisement

Advertisement