ग्लोबल आइएमई बैंक र आइएफसीबीच ऋण लेनदेन सम्बन्धी सम्झौता

Advertisement

काठमाडौंः ग्लोबल आइएमई बैक र विश्व बैंकअन्तर्गतको (आइएफसी) बीच ऋण लेनदेन सम्बन्धी सम्झौता भएको छ । बिहीबार भएको उक्त सम्झौताको सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका हुन् ।

नेपालमा पछिल्लो समयमा देखिएको वित्तीय तरलता अभावको समाधानमा यस सम्झौताले सहयोग पुग्ने बैंकको आशा छ । उक्त ऋण सापटी सम्बन्धि सहमती नेपाल राष्ट्र बैंकको स्वीकृति पछि मात्र लागु हुनेछ बैंकले जनाएको छ ।

त्यस्तैअन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले ग्लोबल आइएमई बैक लाइ ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेको छ ।

Advertisement

Advertisement

Advertisement