काँग्रेस विवाद उत्कर्समा, हारको जिम्मेवारी देउवा पक्षले लिनै मानेन, लिनै पर्ने पौडेल पक्षको अडान

Advertisement

काठमाडौंः चुनावी समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय समिति बैठक मुख्यतः तीन विवादमा फसेको छ । पदाधिकारीसहित सबै केन्द्रीय सदस्य बोलिसकेपछि बैठकको निर्णय सार्वजनिक गर्न दुई दिनदेखि कसरत भए पनि कांग्रेस असफल भएको हो । विवादकै कारण शनिबार औपचारिक बैठक बसेन । नेताहरू अनौपचारिक छलफलमा भने जुटे । शनिबार बिहान ९ बजेका लागि बैठक डाकिएको थियो, तर ११ बजेसम्म पनि सबै सदस्य उपस्थित भएनन् । १२ बजेपछि केन्द्रीय कार्यालय सानेपामै भएको मुस्लिम संघको महाधिवेशनमा नेताहरू अल्झिए ।

Advertisement

त्यहाँ दुई घन्टा सहभागी भए । तर, त्यसपछि पनि केन्द्रीय समिति बैठक बस्न सकेन । बैठकको निर्णय कसरी लेख्ने भन्नेमै संस्थापन पक्ष र रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षबीच विवाद छ ।
अनौपचारिक छलफलमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, नवीन्द्रराज जोशी बसेका थिए ।
तर, तीन घन्टामा पनि उनीहरू सहमतिमा पुगेनन् । नेताहरू आइतबार बिहान ९ बजे बैठक बस्ने गरी उठे ।मुख्य ३ विवाद विवाद १ः महासमिति बैठक र जिल्ला सभापति भेलाको मिति कांग्रेसमा धारणा राख्दादेखि निर्णय गर्ने तयारी चल्दासम्म पौडेल र सिटौला पक्षले जेठभित्रै जिल्ला सभापतिको भेला र ढिलोमा असार १५ सम्म महासमिति बैठक डाक्ने गरी निर्णय गर्न नेतृत्वलाई दबाब दिँदै आएको छ ।तर, समिति बनाएर विधान संशोधन गर्नुपर्ने तथा महासमितिका लागि प्रस्ताव तयार गर्नुपर्ने भन्दै असारमा बैठक राख्नै नसकिने अडान संस्थापन पक्षले लिएको छ ।‘हामीले यसअघिदेखि नै महासमितिको बैठक जेठ मसान्त वा असारको पहिलो हप्तासम्म टुंग्याउने भन्दै आएका थियौँ ।फेरि, यही भनिरहेका छौँ । त्यसपछि जेठ मसान्तसम्म जिल्ला सभापतिको भेला गर्न भनिरहेका छौँ,’ निर्णय लेखन प्रक्रियामा सहभागी नवीन्द्रराज जोशीले नयाँ पत्रिकासित भने, ‘उहाँहरू (देउवा पक्ष) विधान संशोधन समितिले प्रतिवेदन तयार गर्न र महासमितिका लागि प्रस्ताव तयार गर्न समय लाग्छ, त्यसैले साउन वा भदौमा गरौँ भनिरहनुभएको छ । यही विवादका कारण निर्णय हुन अलमल भइरहेको छ ।’‘निर्णयका विषयमा हामी अनौपचारिक कुराकानीमै सीमित छौँ । अब भोलि निर्णय हुन सक्छ,’ संस्थापन पक्षका प्रकाशशरण महतले भने, ‘महासमिति बैठक गर्ने नै हो, तर मिति ठूलो विषय होइन । जेठमा गर्नै सकिँदैन ।’विवाद २ः हारको जिम्मा कसले लिने ?पौडेल र सिटौला पक्षले पार्टीको नीतिगत र त्रुटिगत कमजोरीका कारण निर्वाचनमा हारेको निर्णयमा लेख्नुपर्ने बताउँदै आएका छन् ।तर, संस्थापन भने एमाले र माओवादीको वाम गठबन्धन र अन्तर्घातका कारण हारिएको विषयलाई निर्णयमा लेख्न चाहन्छ । ‘निर्वाचनमा हारको जिम्मा कसले लिने भन्नेमै अर्को विवाद छ,’ एक केन्द्रीय सदस्यले बताए ।विवाद ३ः विधानविपरीतका समिति बैठक चलेदेखि नै विधानविपरीतका टिकट बाँड्ने संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति भंग गर्नुपर्ने विषय उठेको थियो । तर, संस्थापन यी समिति भंग गर्ने निर्णयमा लेख्न तयार नभएपछि अलमल भएको अर्का एक सदस्यले बताए ।महासमिति मितिमा प्रवक्ता शर्माको यस्तो प्रस्ताव निर्णय लेख्ने विषयमा अनौपचारिक छलफल हुँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले साउनको मिति प्रस्ताव गरेका छन् । ‘महासमितिको बैठक गर्नेबारे सभापतिको असोजको मिति ढिलो र रामचन्द्र दाइको असारको मिति छिटो हुन्छ । बीचको मितिमा गरौँ ।साउन ५ देखि ७ सम्म गरौँ,’ उनको प्रस्ताव छ । शर्माले आइतबारको बैठकले निर्णय सार्वजनिक गर्ने पनि दाबी गरे । ‘शुक्रबार नै सकिनुपर्ने थियो, तर सकिएन । १३औँ दिनको दिन नसकौँ भन्ने पनि भयो,’ शर्माले भने, ‘अब १४औँ दिनमा सहमति हुन्छ ।’

आजको नयाँ पत्रिका दैनिकबाट

Advertisement

Advertisement