व्यवसायीले पाँच हजारसम्म चन्दा दिन पाउने, हिसाव किताव पारदर्शी देखाउनुपर्ने

Advertisement

काठमाडौंः सरकारले तयार गरेको राष्ट्रिय सदाचार नीतिको मस्यौदामा व्यापारी व्यावसायीले दिने चन्दा तथा सहयोगको सीमा निर्धारण गरेको छ । मस्यौदामा निजी क्षेत्रले कसैलाई दिने कोशेली या उपहारको अधिकतम मूल्यको सीमा पाँच हजार हुनुपर्ने तोकको छ ।

Advertisement

यसैगरी व्यापारिक कारोबारमा प्रत्यक्ष असर पर्ने वा व्यक्तिगत फाइदा लिने हेतुले राजनीतिक दल, दलका नेतालाई चन्दा दिन नपाउने नियम मस्यौदामा राखिएको छ ।
साथै, निजी क्षेत्रले व्यावसायिक पारदर्शितालाइ बढवा दिनुपर्ने, कृत्रिम अभाव हुने गर्ने क्रियाकलापमा संलग्न हुन नहुने, विशेष कारणवश अभाव हुन गएमा अनुचित मूल्य राखेर व्यावसाय नगर्ने सदाचार नीतिमा उल्लेख गरिएको छ ।
यसैगरी उधारो लिएको रकम या कर्जाको सदुपयोग गर्नुपर्ने, आम जनताको स्वास्थ्यमा प्रतिकूल हुनेगरी कार्य गर्न नपाउनेलगायतका नियम मस्यौदामा राखिएको छ ।

आजको नागरिक दैनिकबाट

Advertisement

Advertisement