मोदीले शिलान्यास गर्ने तयारी गरिरहेको बेला अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

Advertisement

संखुवासभाः अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट गराइएको छ । आयोजनाको कार्यलयमा बम विस्फोट हुँदा कार्यलयमा सामान्य क्षती पुगेको छ ।

गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उनले बताए । बम विस्फोटपछि अरुण तेस्रो आयोजनाको कार्यलयको पर्खालमा क्षती पुगेको छ ।

उक्त आयोजनाको नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलन्यास गर्ने तयारी भई रहेको छ । मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने छन् ।

कार्यालयमा बम विस्फोट भएपछि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनाको जिम्म अहिलेसम्म कसैले पनि लिएको छैन ।

तर, यसअघि अरुण तेस्रोको पावरहाउस निर्माणस्थल पुखुवामा दुई पटक बम विस्फोट भएको थियो । यसअघि घटनाको जिम्मा विपलव समूहले लिएको थियो ।

Advertisement

Advertisement

Advertisement