इंग्ल्याण्डले ल्यायो एक सय बलको क्रिकेट खेलको प्रस्ताव

Advertisement

एजेन्सीः क्रिकेटको जन्मदाता इंग्ल्याण्ड क्रिकेट बोर्ड (इसीबी)ले एक सय बलको क्रिकेट प्रतियोगिताको प्रस्तावलाई अगाडी सारेको छ । टेस्ट, एक दिवसीय र टी २० को मोडलमा क्रिकेट खेल्दै आइरहेका बेलामा इंग्ल्याण्डले विश्व क्रिकेट जगतमा नयाँ तरंग ल्याइदिएको हो ।

हालसम्म टी २० प्रतियोगितामा एक सय २० बलको खेल सबैभन्दा छोटो मोडलमा क्रिकेट भइरहेको छ । इंग्ल्याण्डको नयाँ प्रस्तावले विश्व क्रिकेटमा नयाँ बहस उब्जिएको छ । इंग्ल्याण्डले २०२० मा आयोजना गर्ने घरेलु क्रिकेट प्रतियोगितामा एक सय बलको क्रिकेट खेलाउने प्रस्ताव क्रिकेट सम्बन्धी नियम बनाउने निकायमा गरेको हो ।

उक्त प्रतियोगितामा आठ टोलीलाई आपसमा भिडाइने इसीबीले जनाएको छ । इसीबीले आफ्नो नयाँ प्रस्ताव मार्लेबोन क्रिकेट क्लब (एमसीसी) समक्ष गरेको हो । एमसीसीले यससम्बन्धि अध्ययन गरेपछि मात्र निर्णय गर्ने बताएको छ ।

सय बलको क्रिकेटमा १५ ओभरसम्म भने छ बलको एक ओभर हुने छ । त्यसमा थप नयाँ दश बल हुनेछ र ती बलहरु कुन बेला कुन खेलाडीले प्रहार गर्ने भन्ने टुंगो नलागेको बताइएको छ ।

प्रोफेस्नल क्रिकेटर्स एसोसियसन (पीसीए)ले भने इसीबीले ल्याएको प्रस्तावका बारेमा आफुलाई पर्याप्त जानकारी नभएको बताएको छ ।

Advertisement

Advertisement

Advertisement