मृत्युदण्डको सजाय पाएका यादवलाई बचाउन नेपाली व्यवसायी बसिदले गरे एक लाख सहयोग

Advertisement

दोहाः मृत्युदण्डको सजायबाट आममाझी पाएका नेपाली उमेशले पीडित परिवारलाई ब्लडमनीवापत बुझाउनुपर्ने रकम जुटाउने क्रममा यहाँ व्यवसाय गर्दै आएका नेपाली व्यवसायी अब्दुल बसिदले एक लाख रुपियाँ सहयोग गरेका छन् ।

यादवलाई ब्लडमनीवापतको ठूलो रकम संकलन गर्ने क्रममा उनले सो सहयोग गरेका हुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सामाजिक उद्यमशीलता समिति मध्यपूर्वका संयोजकसमेत रहेका बासिद कतारमा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका छन् ।

एक पाकिस्तानीको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका यादवलाई मृतकको परिवारले यादवलाई आममाफी दिएका थिए । तर, आममाफीवापत यादवले उक्त परिवारले ३० लाख पाकिस्तानी रुपयाँ माग गरेपछि उक्त रकम संकलन गर्ने क्रममा बसिदले एक लाख रुपियाँ सहयोग गरेका हुन ।

जनकपुरबाट आएर कतारमा सफल व्यवसाय गर्दै आएका बसिदले नेपाली भएको नाताले नेपालीलाई सहयोग गर्नु आफ्नो कर्तव्य सम्झिएर सहयोग गरेको बताए । उनले कामको खोजीको बाध्यताले कतार आइपुगेको नेपालीको जीवन रक्षा गर्नु नेपालीहरुको दायित्व भएको बताए । बसिदले यस कार्यमा सहयोग गर्न अन्य प्रवासी नेपालीलाई पनि अपील गरेका छन् ।

पाकिस्तानी नागरिकमोहम्मद लतिफ वसिर अहमद असलमको हत्याको आरोपमा साउदी जेलमा रहेका उमेश यादवलाई मृत्युदण्ड दिइएपछि उनलाई बचाउने प्रयासका लागि नेपालबाट सरोज राय पाकिस्तान गएका थिए ।

रायको टोली र पीडित पाकिस्तानी परिवारबीच वार्ता मिलेपछि मृतकका परिवारले यादवलाई आममाझी दिन तयार भएको थियो । तर, आममाफीवापत असलमका परिवारले ब्लड मनी ३० लाख पाकिस्तानी रुपियाँ माग गरेको थियो ।

यादवलाई सहयोग गर्ने व्यवसायी बसिदले बेला ब्रान्डका आउटडोर कुलर, मिस्टिङ फ्यान, ड्रम फ्यान ,वाल फ्यान, भेन्टिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटरहरु कतार र मध्यपूर्वका अन्य मुलुकहरुमा बिक्री गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement