प्रभु बैंकको नयाँ शाखा बरियारपट्टीमा

Advertisement

काठमाडौंः प्रभु बैंकले सिरहाको बरियारपट्टी गाउँपालिका र कपिलवस्तुको विजयनगर गाउँपालिकामा गरी दुई वटा नयाँ शाखा आइतबारदेखि सञ्चालनमा ल्याएको छ ।

बैंकको बरियारपट्टी शाखाको उद्घाटन सो गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले र विजयनगर शाखाको उद्घाटन सो गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले गरेको बैंकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement