राम्रो काम गरि फर्केका तीन हजारलाई पुन कोरिया जाने अवसर

Advertisement

काठमाडौंः एक पटक कोरिया गएर काम गर्ने समय सकिएपछि नेपाल फर्किएका तीन हजार नेपालीलाई पुन कोरियामा लगिने भएको छ । आफ्नो कार्यकालमा राम्रो काम गरेर फर्किएका तीन हजार नेपाली युवालाई कोरियाले बोलायपछि पुन जान पाउने भएका हुन् ।

कोरियाबाट तीन हजारको नाम आएपछि परीक्षाका आधारमा पठाउन लागिएको इपीएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए । उनले पुन कोरिया जानेहरुको लागि वैशाख १७ गतेदेखि परिक्षा लिने निर्णय गरेपनि विदा परेकाले १९ गतेदेखि मात्र परीक्षा लिन लागिएको बताए ।

परीक्षामा करिब तीन हजार २०० जना सहभागी हुने जनाइएको छ । परीक्षा दिनेहरुमध्येबाट ५० प्रतिशतलाई पास गरेर लग्ने कोरियाको लक्ष्य रहेको खनालले बताए । परीक्षा इपीएस कोरियाको नेपाली शाखा ग्वार्कोमा हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement