मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनालाई चार खेल अगावै ला लिगाको उपाधि

Advertisement

एजेन्सीः स्पेनीस ला लिगा फुटबल लिगको उपाधि बार्सिलोनाले जितेको छ । गए राति भएको खेलमा डेपोर्टिभोलाइई ४-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले २५औं ला लिगाको उपाधि जितेको हो ।

बार्सिलोनालाई लिग च्याम्पियन बनाउनलाई लिओनेल मेस्सीले ह्याट्रिक गरे । खेलको सातौं मिनेटमा बार्सिलोनाले फिलिप कोउटिन्होले सुरुवाताी गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

यस्तै पहिलो हाफको ३८औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । खेलको ४०औं मिनेटमा पेपोर्टिभोका लुकास पेरेजले गोल गर्दै खेलमा २-१ को स्थितीमा ल्याए । दोस्रो हाफको ६४औं मिनेटमा डेपोर्टिभोका एम्रे कोलाकले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । मेस्सीले खेलको ८२औं मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्याए । यस्तै खेलको अन्त्यमा मेस्सीले ह्याट्रिक गर्दै टोलीलाई लिगको उपाधि दिलाएका हुन ।

चार खेल अगावै उपाधि उचालेको बार्सिलोनाले ३४ खेलबाट ८६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ३५ खेलबाट ७५ अंक रहेको छ । लिगमा एथ्लेटिकोले खेल्न बाँकी तीन खेल रहेकाले बार्सिलोनासँगको अकं दुरी ११ अंक रहेकाले उपाधि बार्सिलोनाले उचालेको हो ।

मेस्सीले गएराति ह्याट्रिक गरेसँगै ला लिगामा उनले सार्वधिक गोल संख्या ३२ पुर्याएका छन् ।

Advertisement

Advertisement

Advertisement