विश्वभरका महिलाको तलब पुरुष कर्मचारीकोभन्दा कम

Advertisement

एजेन्सीः अन्तर्राष्ट्रिय बजार विश्लेषक कार्न फेरीले सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वभरका महिला कर्मचारीको तलब पुरुषकोभन्दा कम रहेको पाइएको छ । र्कान फेरीको अनुसार विश्वभर नै महिलाको तुलनामा पुरुष कर्मचारीको तलब १६ दशमलव एक प्रतिशतले बढी रहेको पाइएको हो ।

यस्तै छिमेकी देश भारतमा महिलाको आय पुरुषकोभन्दा १६ दशमलव एक प्रतिशतले कम रहेको छ । कार्न फेरीले तलब कम भएकाले राजगारीमा महिलाको सहभागीता कम भएको बताएको छ ।

भारतमा मात्र नभई विश्वभर नै महिलाको तलब पुरुषको तुलनामा १६ दशमलव एक प्रतिशत कम रहेको छ । समान काम र एकै कम्पनीको तुलना गर्दा भने दुवै कर्मचारीको आयको अन्तर कम देखिएको छ । विश्वस्तरमा महिला र पुरुषको समान पद, कम्पनी र समान कामको तुलना गर्दा एक दशमलव पाँच प्रतिशत रहेको कार्नले बताएको छ ।

पुरुष र महिलाको उस्तै कम्पनी र पद भएमा आयको स्तर औषतमा सुन्य दशमलव पाँच प्रतिशत मात्र अन्तर छ । भारतमा समान जागिरमा महिला र पुरुषको तलबको अन्तर चार प्रतितशत रहेको छ । तर, एकै कम्पनीमा काम गर्ने महिला र पुरुषको तलबको अन्तर सुन्य दशमलव चार प्रतिशत रहेको छ ।

साथै, एउटै कम्पनीको समान पदमा काम गर्ने कर्मचारीको तलब सुविधा सुन्य दशमलव दुई प्रतिशत मात्र फरक रहेको कार्नले बताएको छ । विश्वका ५३ देशका १४ हजार दुई सय ८४ कम्पनीको एक करोड २३ लाखभन्दा बढी महिला र पुरुष कर्मचारीको तलब सुविधामा आरित भएर यो प्रतिवेदन तयार पारिएको हो ।

सबैभन्दा बढी ब्राजिलमा २६ दशमलव दुई प्रतिशत महिलाको तलब पुरुष कर्मचारीकोभन्दा कम रहेको छ । बेलायतमा १३ दशमलव छ प्रतिशतले, अमेरिकामा १७ दशमलव छ प्रतिशत, जर्मनमा १६ दशमलव आठ प्रतिशत महिलाको तलब कम रहेको देखिएको छ ।

यस्तै, फ्रान्समा १४ दशमलव एक र भारतमा १२ दशमलव एक प्रतिशत महिला कर्मचारीको तलब पुरुषकोभन्दा कम रहेको छ । तर, भारतमा पुरुष र महिलाको तलब सुविधामा चीचकोभन्दा बढी रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

Advertisement

Advertisement

Advertisement