फोर्स सिमेन्ट अब नँया प्याकमा

Advertisement

काठमाडौंः जगदम्बा सिमेन्टले आफ्नो उत्पादनलाई नयाँ स्वरुपमा बजारमा ल्याएको छ । कम्पनीले थप गुणस्तरीय बनाउे उद्देश्यका साथ यूरोपियन प्रविधिलाई जडान गर्दै उत्पादन सुरु गरेको हो ।

जगदम्बाले उत्पादन गर्ने आफ्नो फोर्स ब्राण्डले नयाँ र आकर्षक प्याकेजिङमा सिमेन्टलाई बजारमा ल्याएको छ । कम्पनीले समयको माग र ग्राहकको चाहना अनुसार फोर्स प्याकेजिङ अकर्षक र उपभोक्ता मैत्री भएको दाबी गरेको छ ।

साथै, कम्पनीले नेपालमा पाइने सबै प्रकारका सिमेन्टको उत्पादन गर्दै आफ्नो दुवै उद्योगबाट दैनिक एक लाख १० हजार बोरा सिमेन्ट बिक्री गर्दै आएको छ । उद्योगले सधैं आफ्नो उत्पादनलाई प्रविधि मैत्री बनाउने र उत्पादित सम्पूर्ण ब्राण्डहरुको गुणस्तरमा एकरुपता कायम गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement