जब हिटलरले आफैँलाई हाने गोली, आखिर के भएको थियो त्यो दिन ?

Advertisement

काठमाडौंः इतिहासमा अप्रिल ३० को दिनमा जर्मन बादशाह हिटलरको मृत्यु भएको थियो । त्यस दिन हिटलर र उनकी पत्नी इवा ब्राउनले एकसाथ आत्महत्या गरेका थिए ।

आउनुहोस जानौं हिटलर जब आफैँलाई गोली हाने, त्यसदिन के भएको थियो ?

हिटलरले आत्महत्या गर्नुभन्दा पहिले यदी म मरेभने मेरो लासलाई नगाड्नु, बरु जलाई दिनु भनेका थिए । हिटलर ईसाई भएकाले उनीहरुको चलनअनुसार लासलाई पुरिन्छ । तर, उनलाई यस्तो डर थियो कि उनको लासलाई गाडियो भने मानिसहरुले उनको लास निकालेर सम्पुर्ण रिस लासमाथि पोख्छन् ।

हिटलरले आफ्नै बंकरमा गोली हानी आत्महत्या गरेका थिए । हिटलरका बडीगार्ड रोशस मिस्कले हिटलरको जिवनमा आधारित एउटा किताब ‘हिटलर्स लास्ट विटनेसः द मेमराइर्स अफ हिटलर्स बडीगार्ड’ लेखेका थिए । उक्त किताबमा उनले बताएका छन् कि मर्ने बेलामा हिटलरको जिवनमा के भएको थियो ।

किताबका अनुसार, तब बर्लिनको चारैतर्फ सोभियत संघले घेरा हाली बर्लिनलाई पुरै नाकाबन्धि गरेको थियो । जर्मनी सेनाले सोभियत सेनालाई अघि बढ्नबाट रोक्न सकिरहेको थिएन । त्यसबेला हिटलरले आफुलाई आफैँले बनाएको बंकरमा कैद गरे ता कि सोभियत सेनाको आक्रमणबाट बच्न सकियोस । उनलाई थाहा थियो कि उक्त बंकर दुनियाँमा भएका बंकरमध्ये सबैभन्दा सुरक्षित थियो ।

३० अप्रिलका दिन हिटलरलाई बताइयो कि सोभियतविरुद्ध आज सफलता नमिलेमा धेरै नराम्रो परिस्थीतिको सामना गर्न पर्छ । सेनाको गोला बारुद सकिने वाला थियो । हिटलरले आफ्नो अन्तिम आशाका रुपमा लाल सेना (सोभियतको लाल सेना) लाई तोडदै दुई भागमा विभाजन गराउन आफ्ना सेनालाई आदेश दिए ।

किताबका अनुसार बंकरमा सबै डराएका थिए । कसैलाई थाहा थिएन कि अघि के हुदैछ । तब, स्टडी रुम भित्रबाट एउटा आवाज आयो जुन आवाज गोली पड्किएको थियो । बंकरमा भएका अन्य मानिसहरुले हिटलर भएको कोठामा गोली चलेको आवाज आयो । उनका नीजि सचिवले उक्त कोठाको ढोका आफु तोड्ने बताए ।

हिटलरका बडीगार्डले लेखेका छन् ‘त्यसबेला मेरो नजर सबभन्दा पहिले इवा माथि गयो । उनी गाढा नीलो रंगको ड्रेस लगायर बसेकी थिइन् । उनले आफ्नो खुट्टा खुम्च्याएर छाती तिर झुकाएकी थिइन् । र टाउको हिटलर पट्टी झुकेको थियो ।’

‘हिटलरको जत्ता सोफाको तल इवाको नजिक खसेको थियो । एकदम मासुम देखिएका थिए हिटलर । उसका आँखा खुलेका थिए । उ आँखा नझिम्क्याई हेरिरहेको थियो । किनकी उ मरेको थियो । उसले आत्महत्या गरेको थियो ।’

Advertisement

Advertisement

Advertisement