अन्र्तराष्ट्रिय स्तरको भेट्रान्स फुटबल वीरगञ्जमा

Advertisement

विरगंजः वीरगञ्जमा अन्र्तराष्ट्रिय स्तरको भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान्स सिटी क्लबको अयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

यहि वैशाख २० देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरी ११ वटा भेट्रान्स क्लबको सहभागीता हुने क्लबका अध्यक्ष जीवन बस्नेतले बताए । प्रतियोतिामा प्रथम हुने टिमले नगद एक लाख ११ हजार एक सय ११, दोस्रो हुनेलाई ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार पाउँने छन् । उक्त खेलमा उत्कृष्ट खेलाडीलाई नगद तीन हजार रुपियाँ र सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार रुपियाँ दिने अयोजक क्लबले जानाएको छ ।

भेट्रान्स प्रतियोगितामा अभिषेक चर्च रजहर नवलपरासी, विर्तामोड भेट्रान्स झापा, सिलगुडी भेट्रान्स बंगाल भारत, कैलाली भेट्रान्स कैलाली, चितवन भेट्रान्स चितवन, हेटौंडा भेट्रान्स मकवानपुर, मुंगेर भेट्रान्स बिहार भारत, सिमरा भेट्रान्स बारा, युवा स्पोर्टस क्लब वीरगञ्ज, बगरभाई खलक भेट्रान्स पोखरा, भेट्रान्स सिटी क्लब वीरगञ्जले भाग लिने आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement