अछाममा खानेपानीको संकट

Advertisement

अछामः गर्मी महिना बढेसंगै अछामका विभिन्न ठाउँमा खानेपानीको संकट परेको छ । प्रर्याप्त पानीको अभाबका कारण जिल्लाका बजार क्षेत्रदेखि गाउँघरमा समेत खानेपानीको संकट भएको हो ।

गाउँटोलमा खानेपानीको समस्या भइरहेको स्थानीयले बताएका छन् । खानेपानीको अभाव चुलिँदा बजार क्षेत्रका व्यापारी व्यवसायीले गाडीमा र मान्छेलगायत टाढाटाढाबाट पानी ल्याएर उपभोग गरिरहेका छन् भने पानी समस्या भएका गाउँघरमा महिला तथा बालबालिकाको बिहान बेलुका पानी बोक्न मै समय जाने गरेको छ ।

उता रामारोशन गाउँपालिका–७ सुतारको विभिन्न टोलमा दुई महिनादेखि खानेपानीको सास्ती भएको छ । खानेपानी आयोजनाको पाइपलाइनमा अवरोध भएपछि साविकको सुतार गाविस वडा नम्बर २, ४ ६, ७, ८ र ९ का स्थानीयलाई समस्या भइरहेको स्थानीय जगत भण्डारीले बताए । नजिकका पानीका मुहान सुक्दै गएको र टाढाबाट ल्याएको खानेपानी आयोजनाको पाइपलाइनमा समेत समस्या आएका कारण स्थानीयलाई खानेपानीको अभाव भइरहेको उहाँको भनाइ छ ।

२०७२ सालमा निर्माण भएको थारखोला कालापानी खानेपानी आयोजनाको पाइपलाइनमा समस्या आउँदा जनता करीब दुई हजार जनता मारमा परेका स्थानीय चन्द्र भण्डारीले बताए।  ८३ लाख रुपियाँको लागतमा निर्माण भएको खानेपानी आयोजनाले सुतारका ४०० घरधुरीका उपभोक्ता लाभान्वित भएका थिए, अहिले धारामा पानीनै आउन छाडेपछि घण्टौँ हिँडेर पिउने पानी बोक्नुपर्ने बाध्यता छ,” भण्डारीले भने ।

केही स्थानीय तहका वडा र विभिन्न बजार क्षेत्रमा पानीको चरम अभावले गर्दा नागरिकको दैनिकी कष्टकर हुनुका साथै महिला तथा बालबालिकालाई सबैभन्दा बढी दुःख भइरहेको कुन्तीबण्डालीका स्थानीय वीरेन्द्र साउदले बताए ।

Advertisement

Advertisement

Advertisement