सरकारी पदाधिकारीलाई ठेकेदारको खर्चमा विदेश भ्रमण जान रोक

Advertisement

काठमाडौंः सरकारले कर्मचारीहरुको विदेश भ्रमणमा अंकुश लगाउँदै अब ठेकेदारको पैसामा सरकारी पदाधिकारी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको छ । सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका जारी गर्दै मन्त्री, सचिवदेखि सार्वजनिक पद धारण गरेका पदाधिकारीहरुको विदेश भ्रमणमा अंकुश लगाएको हो ।

सरकारको नयाँ निर्देशिका अनुसार अब ठेकेदार वा परामर्शदाताको खर्चमा सरकारी पदाधिकारी विदेश जान पाउँने छैनन् । सरकारले सम्झौता वा ठेक्कामा सञ्चालित आयोजना वा खरिद सम्झौताको पक्ष, ठेकेदार वा परमर्शदाताको खर्चमा कुनै पनि सरकारी पदाधिकारी वैदेशिक भ्रमणमा मनोनयन नगरिने निर्णय गरेसँगै विदेश भ्रमणमा अंकुश लागेको हो ।

निर्देशिकाले आयोजना वा खरिद सम्झौता बमोजिम कार्य सम्पन्न गर्न वा कार्यक्रम कार्यान्वयनका लागि विशेष सिप, तालिम वा ज्ञान लिन आवश्यक भएमा सरकारले रोक नलगाउने भनिएको छ । अब विदेश भ्रमणका लागि सिफारिस तथा मनोनयनको आधार र प्रक्रिया पनि किटान गरिएको छ ।

विदेश भ्रमणको सान्दर्भिक्ता, विज्ञता र उपयूक्तता, कार्यसम्पादनको स्तर, जेष्ठता र पहिलेको विदेश भ्रमणको अवसर पाएको वा नपाएको विषयलाई आधार मानिनेछ ।

Advertisement

Advertisement

Advertisement