वायर्नलाई ४-३ गोलले पराजित गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

Advertisement

एजेन्सीः स्पेनीस क्लब रियल मड्रिड लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा जर्मनको क्लब वायर्न म्युनिखलाई ४-३ गोलले पराजित गर्दै लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।

सेमिफाइनलको दोस्रो लेगमा मड्रिडको होम ग्राउण्डमा भएको खेलमा २-२ को बराबरी भएसँगै रियलले फाइनलमा स्थान बनाएको छ । रियलले पहिलो लेगमा वायर्नको घरेलु मैदानमा २-१ गोलको जित निकालेको थियो ।

मंगलवार भएको खेलको दोस्रो लेगमा सुरुवाती अग्रता वायर्नले लिएको थियो । वायर्नका जोशुआ किमचले खेल सुरु भएको तेस्रो मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ११औं मिनेटमा रियलका करिम बेन्जेमाले बराबरी गोल फर्काए ।

यस्तै दोस्रो हाफको ४६र्औ मिनेटमा बेन्जेमाले व्यक्तीगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । ६३औं मिनेटमा जेम्स रेड्रिग्वेजले गोल गरेपछि खेल २-२ को बराबरीमा रोकियो । बराबरीमा रोकिएसँगै रियल समग्रमा ४-३ गोलको जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।

सेमिफाइनलको दोस्रो लेगमा बुधवार राति लिभरपुल र रोमाबीच प्रतिस्पर्धा हुनेछ । विजेताले फाइनलमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने छ ।

Advertisement

Advertisement

Advertisement