कर्णाली प्रदेशमा असिनापानीले लाखौँको क्षति

Advertisement

सुर्खेतः कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पुर्याएको छ ।

असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताए ।

मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल्लामा अन्नबाली, फलफूल र तरकारीखेती नष्ट गरी समस्यामा परेका किसानलाई तत्काल राहतको व्यवस्थाका लागि सरोकारवाला निकायसँग छलफल गरेका छन् ।

यही वैशाख १६ र १७ गते परेको असिनापानीले जाजरकोट, डोल्पा र रुकुम जिल्लामा पाक्ने अवस्थाको गहुँ र जौ बाली नष्ट गरिदिएपछि मन्त्री केसीले चासो लिएर आज आन्तरिक मामिला तथा कानून मन्त्रालयमा छलफलको आयोजना गरेका हुन् ।

छलफलमा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले सरकारले तत्कालै प्रभावित जिल्लामा भएको क्षतिको विवरण संकलन गरी राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिएका थिए ।

छलफल कार्यक्रममा मन्त्री केसीले असिनापानीबाट पीडित किसानलाई उचित राहत तथा क्षतिपूर्ति व्यवस्थाका लागि पहल कर्णाली प्रदेश सरकारले गर्ने बताए ।

क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ, के कति क्षति भयो अझै यकिन नभए पनि सयौँ हेक्टरमा लगाइएको जौ, गहुँबालीका साथै तरकारी खेती र फलफूल खेतीमा लाखौंको नोक्सान भएको प्रारम्भिक जानकारी आएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement