तेत्तिस किलो सुन प्रकरणमा जोडिएका प्रहरी अधिकृतदेखि व्यापारीविरुद्ध आज मुद्दा दर्ता हुँदै

Advertisement

काठमाडौंः त्रिभुवन विमानस्थलबाट कडा सुरक्षा जाँचलाई छलेर ल्याइएको ३३ किलो अवैध सुन प्रकरणमा जोडिएका २८ जना आरोपिविरुद्ध प्रहरीले बुधवार जिल्ला अदालत मोरङमा मुद्धा दर्ता गर्ने भएको छ । जिल्ला प्रहरी कार्यलय मोरङले अनुसन्धानको समय सकिन तीन दिन बाँकी रहँदा नै मिसिल बुझाएपछि सरकारी वकिलको कार्यलले मद्दा दर्ता गर्ने भएको हो ।

तस्करीको प्रकरणमा हालसम्म प्रहरीका उच्च अधिकारीदेखि व्यापारिसम्म गरि २८ जनालाई पक्राउ गरिएको छ । तर, अझैसम्म पनि मुख्य आरोपी चणामणि उप्रेती ‘गोरे’सहित २१ जना फरार छन् । प्रहरीले जिल्ला अदालतमा मिसिलको फोटोकपी बुझाएपछि अभियोग पत्र तयार पार्ने काममा व्यस्त छ । प्रहरीले मिसिल आइतवार बुझाएको थियो ।

फरारको सूचिमा रहेका चणामणि उप्रेतीसहित पक्राउ परेका २८ जनाविरुद्ध संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान मुद्दा दायर गर्न लागेको हो । गत फागुनमा तस्कर समूहले भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरिएको थियो ।

तस्कर ‘गारे’लाई सघाएको आरोपमा प्रहरी संगठनका पूर्व प्रहरी नायव महानिरीक्षक डीआइजी गोविन्द निरौला, बहालवाला प्रहरी उपरिक्षक विकासराज खनाल, सञ्जय राउत, प्रजित केसी, सरोज खनाल, सई बालकृष्ण सञजेल र प्रहरी जवान विष्णु खड्कालाई पक्राउ गरिएको छ ।

प्रहरीका उच्च अधिकारीसहित विमानस्थल, एयरलाइन्सका कर्मचारी र तस्करसहित गरि २८ जना पक्राउ परेका हुन् । हाल प्रहरीको हिरासतमा रहेका आरोपिहरुको नाम यसप्रकार छः

राजेन्द्रकुमार शाक्य, तुलाराम थारु, अमरमान डंगोल, राजन कुमार, राजन थापा, महावीर गोल्यान, भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ पक्राउ परेका छन् ।

यस्तै लालबहादुर मगर, राजु महर्जन, मोहन काफ्ले, नरेन्द्र कार्की, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे पनि प्रहरीको हिरासतमा छन् । प्रकरणका मुख्य दोसी तथा योजनाकार नुणामणि उप्रेती भने हाल फरारको सूचिमा छन् ।

Advertisement

Advertisement

Advertisement