लहानबाट १० लाख अवैध भारुको साथमा भारतीयसहित दुई पक्राउ

arrest

लहानः ठुलो परिमाणको अवैध भारुसहित एक नेपाली नागरिक र एक भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरु सिरहाको लहान नगरपालिकाको तरकारी बजारबाट १० लाख १० हजार सात सय अवैध भारुसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत बिहारका ५० वर्षीय पल्लु राय र नेपालका मनिषकुमार यादव रहेका छन् । उनीहरुको साथबाट प्रहरीले भारुसहित चार लाख ६१ हजार ५४० रुपियाँ पनि बरामद गरेको छ । जसमा दुई हजारको चार सय ४२ थान र पाँच सयका दुई सय चार थान नोट छन् ।

nic-asia

तर, नेपालमा दुई हजार र पाँच सय नोटका भारु प्रतिबन्ध लगाइएको छ । मंगलवार साँझ अनुगमनमा रहेको जिल्ला प्रमुख अधिकारी रुद्रपसाद पण्डितको नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई थप अनुसन्धानका लागि काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

उनीहरुले उक्त पैसा तरकारी किनबेचको भएको बताएका छन् । तर, स्थानिय प्रसासनले उनीहरु हण्डी वा भारतीय मुद्राको अवैध कारोबारी भएको हुनसक्ने बताएको छ ।