अर्थविददेखि पत्रकारमाथि खनिए अर्थमन्त्री, अखबारले लेखेका कुरा कसैले नपत्याउने दाबी

Advertisement

काठमाडौंः पत्रकारदेखि अर्थविद्हरुप्रति रहँदै आएको लामो समयदेखिएको कुष्ठालाई अर्थमन्त्री युवराज खतिवडाले बुधबार पोख्ने मौका पाएका छन् । राष्ट्रिय बाणिज्य बैंक र एनआइडीसी बैंकको एकीकृत काराबार शुभारम्भ कार्यक्रममा खतिवडाले उनीहरुप्रतिको असन्तुष्टि पोखेका हुन् ।

नेपाल राष्ट्र बैंकले जथाभावी बैंक वित्तीय संस्थाको लाइसेन्स बिरतण गरिरहेको बेला आफू गर्भनर भएर गएको र त्यसलाई नियन्त्रण गरेपछि पत्रकाररुले आफूविरुद्ध जथाभावी लेखेको उनले गुनासो गरे । खतिवडाले भने– म गर्भनर भएर जाँदा राष्ट्र बैंकको गेटबाटै लाइसेन्स बितरण गरिन्छ भन्ने चलन थियो । मैले त्यसलाई रोकेर मर्जरको नीति ल्याएपछि पछि फेरि आफै धमाधम लाइसेन्स बितरण गर्न अहिले घटायो भनेर मविरुद्ध समाचार लेखियो ।

उनले आफूले बोलेका र गरेका कुराहरुलाई पत्रकारहरुले निरन्तर प्रोभोकेटिभ ढंगले लेख्ने काम भएको भन्दै अबका दिनमा पनि त्यही हुने जिकिर गरे । खतिवडाले आफूले बोलेका कुरालाई गलत ढंगले प्रस्तुत नगर्न पनि पत्रकारहरुलाई चेतावनी दिए ।

खतिवडाको असुन्तुष्टि अर्थविदहरुप्रति पनि थियो । उनले खर्च वृद्धि भएअनुसार राज्यकोषमा खबौं रुपियाँ खर्च गर्ने रकम नरहेको कुरालार्इ अर्थविदहरुले यथार्थपरकभन्दा मनोगत ढंगले विश्लेषण गरेको भन्दै आफूले उद्योगी व्यापारीको ढुकुटी रित्तियो भनेको होइन भने ।

मन्त्री खतिवडाले वित्तीय क्षेत्र जुनसुकै बेला पनि समस्या आउनसक्ने क्षेत्र हो भन्दै यस्ता संस्थामा काम गर्ने मानिसले संस्थाको अवस्था अलिकति सुघ्रियो भनेर चुप लागेर बस्न मिल्दैन भने । उनले काम नगर्ने र फाइल लुकाउनेलाई कारवाही हुने पनि बताए । त्यस्तो काम आफूलाई पनि कारवाही हुन्छ भन्दै खतिवडाले तर आफू इमान्दार र जे देख्यो त्यही बोल्ने व्यक्ति भएको बताए ।

उनले राष्ट्रिय बाणिज्य बैंकको पुँजी कोष ऋणात्मक भएकाले धनात्मक बनाउन करदाताले तिरेको कर लगानी गरिएको भन्दै अब फेरि दोहोर्याएर पुँजी इन्जेक्ट गर्न नसकिने बताए । खतिवडाले आफै सक्षम हुन र करदाताका पैसा सदुपयोग गर्न सल्लाह दिए ।

Advertisement

Advertisement

Advertisement