अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा दश करोडको कारोबार

Advertisement

काठमाडौंः राजधानीमा आयोजना भएको १४ औं अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेला मंगलबार सम्पन्न भएको छ । मेलामा दश करोड रुपियाँ बराबरको कारोबार भएको छ ।

महोत्सव उत्साहजनको रुपमा सम्पन्न भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । चौथोे दिनसम्म नै झण्डै दश करोड रुपियाँ बढीको कारोबार भएको महासंघले जनाएको छ । मेलामा डेढ लाख बढी अवलोकनकर्ताले अवलोकन गरेको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ गरिएको प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको थियो ।

महासंघले गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको हो ।

Advertisement

Advertisement

Advertisement