नेप्सेमा दोहोरो अंकको वृद्धि आएसँगै लगानीकर्तामा उत्साह

Advertisement

काठमाडौंः विगत केही समयदेखि लगातार घटिरहेको सेयर बजर नेप्से बुधवार भने सुधारात्मक अवस्थामा देखियो । आज नेप्से परिसूचक ११ दशमलव ३७ अंकले बढेर एक हजार ३६० दशमलव ३८ अंक कायम भएको छ ।

नेप्से बढेको दिन आज कारोबार भने सामान्य रह्यो । बुधवार ३८ करोढ बराबरका सात लाख ८५ हजार कित्ता सेयर किनबेच भए । तर, आइतवारको तुलनामा पाँच करोड रुपियाँ बढीको सेयर कारोबार भयो । आइतवार करिब ३३ करोड रुपियाँको सेयर किनबेच भएको थियो ।

अन्य सबै समूहको उपसूचकमा वृद्धि भएपनि फाइनान्स समूहमा र उत्पादन समूहको उपसूचकमा भने गिरावट आएको छ । उत्पादन समूहमा २० दशमलव ११ अंकको गिरावट आएको छ भने फाइनान्स समूहमा दुई दशमलव नौं अंकको गिरावट आएको छ ।

आज सबैभन्दा बढी बीमा समूहमा १०७ दशमलव ०१ अकं, जलविद्युत समूहमा २६ दशमलव ८३ अंक, लघुवित्त समूहमा ४६ दशमलव ३६ अंक, होटल समूहमा २३ दशमलव ४५ अंकको वृद्धि भएको छ । यस्तै अन्य समूहमा १८ अंकको साथै विकास बैंक समूहमा ८ अंकको र बैंक समूहमा सामान्य वृद्धि आएको छ ।

Advertisement

Advertisement

Advertisement