वैदेशिक रोजगार विभाग काठमाडौंको प्रमुखमा भविश्वर पाण्डे नियुक्त

Advertisement

काठमाडौंः वैदेशिक रोजगार विभाग काठमाडौंको कार्यलय प्रमुखमा भविश्वर पाण्डे नियुक्त भएका छन् । पाण्डे रोजगार विभागमा नियुक्त हुनु पहिले गृह मन्त्रालयमा उपसचिव थिए ।

वैदेशिक रोजगारलाई व्यवस्थित र पारदर्शी गर्ने गरी बनाएको योजना सफल बनाउन यो कार्यालयको महत्वपूर्ण भूमिका रहने वर्तमान श्रममन्त्री गोकर्ण बिष्टले बताएका छन् । अहिले श्रम ग्राम ताहाचलामा श्रम स्वीकृति लिन निकै सास्ती छ ।

विदेश जाने युवाले भोगेको समस्या हल गर्न ताहाचल कार्यालयका प्रमुखको मुख्य भूमिका रहेको छ । प्रमुखका रुपमा आएका पाण्डेले सल्यान, अछाम, रुकुम र बाजुरामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) का रुपमा काम गरिसकेको बताए ।

उनले दाङ र गुल्मीमा समेत सहायक प्रजिअका रुपमा कार्यसम्पादन गरेका थिए । त्यसअघि उनी ६ वर्ष प्रधानमन्त्रीको कार्यालयमा अधिकृतका रुपमा रहेका थिए । यसैगरी श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागमा उद्धब रिजाललाई निर्देशकका रुपमा ल्याएको छ ।

Advertisement

Advertisement

Advertisement