जलयात्राका लागि पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी

Advertisement

पोखराः देवता (शालिग्राम) कुँद्ने नदीका रुपमा परिचित हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिदै आएको कालीगण्डकी जलयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ ।

विगत केही वर्षयता कालीगण्डकीमा जलयात्राले व्यावसायिक रुप लिन थालेसँगै यतिखेर पर्यटकको चाप निकै बढेको छ । यस वर्ष जलयात्राका लागि कालीगण्डकीमा धेरै पर्यटक आएको जलयात्रा गराउँदै आएएका टेकबहादुर मगर (धराने भाइ)ले बताए । उनका अनुसार जाडोको याम सकिएसँगै फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउने गरेका छन् ।

उनले पछिल्ला वर्षमा विदेशी पर्यटकका साथै छोटो र पारिवारिक जलयात्राका लागि आउने आन्तरिक पर्यटकको चाप निकै बढेको बताए । कालीगण्डकी रिभर बिच क्याम्पका सञ्चालक नवीन थापाका अनुसार पछिल्लो समयमा जलयात्राका लागि कालीगण्डकीमा विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको पनि चाप बढेको छ ।

विशेषगरी बिदाका दिन पारिवारिक समूहका साथै युवायुवती आ–आफ्ना समूह बनाएर जलयात्रा गर्न आउने गरेको पाइन्छ । मगरले कालीगण्डकीमा अहिले दैनिक दुईदेखि १०/१२ वटा समूहसम्म पर्यटक जलयात्रा गर्ने गरेका बताए ।

पोखरा हुँदै अन्नपूर्ण सर्किटमा पदयात्रा गर्ने र कालीगण्डकीको जलयात्रालाई पर्यटकले आफ्नो प्याकेजमा राख्ने गरेको बताउने पर्यटन व्यवसायी मिलन तिवारीले कतिपय भने जलयात्राकै लागि मात्र आउने गरेको बताए ।

उनका अनुसार म्याग्दीको बेनीका साथै लस्तीबाट शुरु हुने जलयात्रा गर्दै पर्यटक पर्वतको कुश्मा नगरपालिकास्थित नयाँपुल, मालढुंगा हुँदै स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयसम्म पुग्ने गर्दछन् ।

Advertisement

Advertisement

Advertisement