आइएमई प्रिभिलेज/कस्टमर कार्ड प्रयोगमा छुटको व्यवस्था

काठमाडौंः आइएमई लिमिटेडले आइएमई कस्टमर/प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा सातदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । सेवाग्राहीहरूको सुविधाका लागि भन्दै ल्याइएको यो छुट वैशाख १९ गतेबाट लागू हुनेछ ।

बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फनभ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफीलाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजीबजार, भेलोसिटी एरिना र सीमीशो जस्ता स्थानहरुबाट हाललाई यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

united_cement

यो सेवा लिनको लागि सेवाग्राहीहरुले बिल जारी गर्नुपूर्व आफूले बोकेको आइएमई प्रिभिलेज÷कस्टमर कार्ड देखाउनुपर्ने छ ।