सिण्डिकेटको पक्षमा दाङमा आजैदेखि यातायात सेवा ठप्प

Advertisement

दाङः सरकारको सिण्डिकेटविरुद्धको नीतिको विरोधमा आजदेखि दाङका यातायात व्यावसायीले आन्दोलनको सुरुवात गरेका छन् । सिण्डिकेटको पक्षधर मानिएका समितिका अधिकांस टिकेट काउण्टर बन्द गर्दै उनीहरुले सवारीको आवागमनमा अवरोध गरेका हु्न् ।

जिल्लाका अधिकांस काउन्टरमा कर्मचारी छैनन् भने कर्मचारी भएकाले पनि गाडी नभएकोभन्दै टिकट काटेका छैनन् । सरकारले आगामी असारदेखि समितिहरु नविकरण नगर्ने तथा खारेज गर्ने निर्णय गरेपछि व्यावसायीहरु त्यसको विरोधमा उत्रिएका हुन् ।

राप्ती अञ्चल सार्वजनिक यातायात व्यावसायी समितिका डायल इञ्चार्ज मोहन पुरील लामो दुरीका सम्पुर्ण सेवा आजैदेखि बन्द गरिएको बताए । उनले भोलिदेखि आफ्ना यातायातका साधनहरु ग्यारेजमा थन्किने बताए ।

पुरीले सरकारको ज्यादतिविरुद्ध एक भएर समितिहरु आन्दोलनमा उत्रिएको बताए । साथै, अम्विकेश्वरी सार्वजनिक यातायात व्यावसायी समितिका झग्गु भण्डारीले पनि लामो दुरीका यातायात सेवा बन्द गरिएको बताए । भोलिदेखि सुरु हुने आन्दोलन सफल तुल्याउन गाडी नपठाउनु भन्ने निर्देशन बमोजिम गाडी रोकिएको उनले बताए ।

तर, जिल्लामा टोटो दुरीका गाडीहरु आफुखुसी सञ्चालनमा आएका छन् ।

Advertisement

Advertisement

Advertisement