निजी स्कुलको विद्यार्थी संगठनहरुलाई चेतावनी– ताला लगाउँदैमा डराइँदैन, शुल्क वृद्धि घटाइँदैन

Advertisement

काठमाडौंः निजी विद्यालयहरुको एउटा संगठन प्यावसन अध्यक्ष विजय साम्वाहाम्फेले सरकारी नियम र शिक्षासम्बन्धि सम्पूर्ण निर्देशिकाको आफूहरुले पूर्ण पालना गरेको भन्दै निजी विद्यालयले बढाएको शुल्क वृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लवमा साम्वाहाम्फेले नियम नीतिकै आधारमा निजी विद्यालयले शुल्क वृद्धि गरेको जिकिर गरे । उनले भने, ‘हामीले नियम र नीति मानेका छौं । हाम्रा स्कुलले सरकारी नीति तथा निर्देशिकाको पूर्ण पालना गरेका छन् । विद्यार्थीहरुले आन्दोलन र ताला लगाएर समस्या समाधान हुन्छ भनेर नचिताए पनि हुन्छ । हामीले नियम मानेका छांै । निर्देशिका कार्यान्वयन गरेका छौं ।’

भक्तपुरमा बिहीबार आयोजित अर्को एक कार्यक्रममा सम्वाहाम्फेले सरकारमा रहेका पार्टीका भातृ सँगठनहरुले बिद्यालयमा गएर तालाबन्दी गरेको भन्दै जानकारी बिना नै बिद्यालयहरुमा तालबन्दी गरिएको बताए । शुल्क वृद्धिको विषयमा अहिलेको स्थिर सरकारले समाधान नदिएको भन्दै उनले सरकारलाई उल्टै दोष दिए ।

सम्वाहाम्फेले निजी विद्यालयहरु सरकारलाई सहयोग गरेको जिकिर गर्दै निःशुल्क शिक्षाको बिषय उठान गरिरहेको सरकारले चाहेका खण्डमा निजी बिद्यालय बन्द गर्न सक्ने चेतावनी दिए । निजी बिद्यालयले लिएको शुल्कका बिषयमा भएको चर्चा भ्रम मात्रै भएको उनको भनाई थियो ।

Advertisement

Advertisement

Advertisement