विकास उद्यमीद्वारा भूगोल प्रोफाइलको प्रारम्भिक संस्करण सार्वजनिक

Advertisement

काठमाडौंः विकास उद्यमीले संचालन गरेको नेपाल इन डाटाले भूगोल प्रोफाइलको प्रारम्भिक संस्करण सार्वजनिक गरेको छ । नेपाल इन डाटाले सबै सात प्रदेश र ७५३ स्थानीय निकायसँग सम्बन्धित डाटाको तथ्यांकहरू समेटिएको भूगोल प्रोफाइलको प्रारम्भिक संस्करण सार्वजनिक गरेको हो।

उक्त डाटामा प्रयोगकर्ताहरूले आफूलाई चाहिएको प्रदेश र स्थानीय निकायहरूको जनसंख्या, अर्थतन्त्र, कृषि, उद्योग, स्वास्थ्य, शिक्षा लगायतका अन्य विभिन्न क्षेत्रका प्रमुख सूचकहरूको तथ्यांक हेर्न मिल्नेगरि उक्त प्रोफाइल तयार गरेको छ ।

प्रयोगकर्ताहरूले आफूले छानेका प्रदेश र स्थानीय निकायबाट विभिन्न सूचकहरूबीच तुलना गरी विकासको हालको परिदृश्य मुल्यांकन गर्न सक्ने छन् । भूगोल प्रोफाइलमा समावेश भएका तथ्याङ्कहरुलाई ग्राफ र तालिकाको सहयोगमा विश्लेशण गर्न पनि सकिन्छ भने आफू अनुकुल प्रयोग गर्नको लागि सीएसभी/जेपीइजी फरम्याटमा गएर डाउनलोड गर्न सकिने जनाएको छ ।

भूगोल प्रोफाइल निम्न लिंकहरूमा गएर हेर्न सकिन्छ ।

राष्ट्रिय तहको प्रोफाइलको लागि www.nepalindata.com/data
प्रदेश तहको प्रोफाइलको लागि www.nepalindata.com/data/province
स्थानीय तहको प्रोफाइलको लागि www.nepalindata.com/data/localbodies

Advertisement

Advertisement

Advertisement