राम्रा व्यवसायीसँग मैत्रीपूर्ण व्यवहार हुन्छः सर्वेन्द्र खनाल

Advertisement

काठमाडौंः नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले व्यापारीमाथि हुने अनावश्क दवाब, दुरव्यवहार, चन्दा आतंकको अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल चेम्बर अफ कमर्सले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले गुण्डागर्दी, उद्योगी व्यापारीलाई हतोत्साहित गर्ने जोसुकैलाई कानुनबमोजिम कारबाही गर्ने बताए ।

खनालले आफूले निष्पक्षातापूर्वक सबैलाई सेवा दिने भन्दै राम्रा व्यवसायी लागि मैत्रीपूर्ण व्यवहार हुने बताए । अपराध गर्ने व्यक्ति जुनसुकै नाम, भेषमा आए पनि प्रहरीले कसैलाई पनि नछाड्ने उनको भनाई छ ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्धक्कका साथ व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गरिदिन सम्पूर्ण व्यापारी व्यवसायीहरुको तर्फबाट अनुरोध गरे । आर्थिक समृद्धिका लागि शान्ति सुरक्षाको प्रत्याभूति पहिलो आधार भएको भन्दै उनले शान्ति सुरक्षा विना आर्थिक समृद्धि सम्भव नहुने बताए ।

नेपाल प्रहरीका एआइजी नवराज ढकालले शान्ति सुरक्षा कायम गर्नका लागि विना वर्दीका प्रहरी (नागरिक)को भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा चेम्बरका पदाधिकारी एवं सदस्य, नेपाल मदिरा व्यवसायी महासंघ, खुद्रा व्यवसायी संघ, पर्यटन तथा उद्योगी व्यवसायीलगायतको समेत सहभागिता रहेको थियो ।

Advertisement

Advertisement

Advertisement