विदेशबाट पठाएको पैसा लुटियो

Advertisement

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार नजिक बिहीबार एकजना महिलासँग रहेको रकम मोटरसाइकल सवार तीनजना लुटेराले लुटेर लगेका छन् ।

विदेशबाट पठाएको पैसा झलारी बजारमा रहेको आइएमइबाट झिकेर जाँदै गरेका बेला लालझाडी गाउँपालिका–३, देखतभूलीकी संगीता पार्कीको झोलासहितको रकम मोटरसाइकलमा सवार तीनजनाले खोसेर लगेका हुन् ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार लुटेराले महिलाका आफन्तले विदेशबाट पठाएको ६० हजार ८३ रुपियाँहितको झोला लुटेर लगेका छन् । लुटेराको पहिचानका लागि प्रहरीले आइएमइ सेन्टरमा रहेको सिसीटिभीका फुटेज हेर्ने कार्यसँगै लुटेरा भागेको सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखेको छ ।

Advertisement

Advertisement

Advertisement