सार्वजनिक यातायात सेवा बन्द गर्ने सिण्डिकेट पक्षधर व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

Advertisement

काठमाडौँः गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक सवारी बन्द गर्ने यातायात व्यवसायी समिति र संघका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार गाडी सञ्चालन नगर्ने व्यवसायीहरुलाई लाई पक्राउ गर्न निर्देशन दिएसँगै विभिन्न स्थानमा व्यवसायीहरु पक्राउ परेको समाचार प्राप्त भएको छ ।

सार्वजनिक यातायात जस्तो संवेदनशील र अत्यावश्यक सेवा बन्द गर्दा आज यात्रुहरुले ठूलो सास्ती भोग्नुपरेको छ । मन्त्री थापाले सिन्डिकेट चलाउँदै आएका यातायात समिति र संघको नाममा रहेको सम्पत्ति छानबिन गर्न समेत सबै सिडिओहरुलाई निर्देशन दिएका छन् ।

सरकारले सिन्डिकेट हटाउने निर्णयसँगै समिति र संघलाई खारेज गरेर कम्पनी ऐन लागू गरेपछि यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले सिन्डिकेट हटाएको विरोधमा यही वैशाख २८ गतेदेखि देशभरको यातायात अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन् ।

Advertisement

Advertisement

Advertisement